Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति


    आइतबार, मंसिर ९ २०८१
    805
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।

    राष्ट्रपति पौडेलले निर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को निर्णय बमोजिम आइतबार स्वीकृति प्रदान गरेका हुन् ।

    राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६६ को उपधारा (२)बमोजिम स्वीकृति प्रदान गरेको उल्लेख छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार