Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पत्रकारलाई राहदानी विभाग परिसरमा फोटो-भिडियो खिच्न रोक


    आइतबार, मंसिर ९ २०८१
    810
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – राहदानी विभागले विभाग परिसरभित्र सञ्चारमाध्यमलाई फोटो-भिडियो खिच्न रोक लागाएको छ । विभागमा नयाँ राहदानी वितरणको काम ठप्प भइरहेको बेला समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई विभागले फोटो-भिडियो खिच्न निषेध गरेको हो ।

    विभागका महानिर्देशक तिर्थराज अर्यालले भवनको, कर्मचारीको र मुख्य गेटको फोटो-भिडियो खिच्न निषेध नगरेको तर कार्यालयमा आएका सेवाग्राही देखिने गरी दृष्य कैद नगर्न आग्रह गरेको सञ्चारकर्मीहरु बताउछन् ।

    पाँच दिनदेखि सेवाग्राहीले नयाँ राहदानी बनाउन पाएका छैनन् । पाँच दिन देखि ठप्प रहेको राहदानी वितरणको काम आज पनि सुचारु गर्न नसकेको विभागले सुचना मार्फत जानकारी गराएको छ । विभागले आइतबार देखि राहदानी वितरणमा आएको समस्या समाधान गर्ने बताएको थियो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार