Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राहदानी वितरणको काम ५ दिन देखि ठप्प


    आइतबार, मंसिर ९ २०८१
    850
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – नयाँ राहदानी वितरणको काम आज (आइतबार) पनि ठप्प छ । पाँच दिनदेखि सेवाग्राहीले नयाँ राहदानी बनाउन पाएका छैनन् ।

    आइतबारदेखि सेवा पुनः सुरु गर्ने दाबी गरेको राहदानी विभागले आइतबार सूचना जारी गर्दै विभागको मुख्य कार्यालय, जिल्ला स्थित प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूबाट राहदानी सेवा प्रभावित नै रहेको जानकारी दिएको छ ।

    विभागले सेवाग्राहीलाई परेको मर्काका लागि क्षमायाचना पनि गरेको छ । समस्या समाधानका लागि प्राविधिक टोलीले निरन्तर काम गरिरहेकाले छिट्टै सेवा सुरु हुने विभागको दाबी छ ।

    सेवा रोकिँदा राहदानी बनाएर विदेश उड्नुपर्ने र प्रक्रिया थाल्नु पर्नेहरू प्रभावित भएका छन् । बुधबारदेखि नै राहदानी वितरणको सबै कामकाज ठप्प छ ।

    प्रणालीका केही कम्प्युटर सफ्टवेयरमा मालवेयर छिरेको थाहा पाएपछि प्रणालीमा जोखिम नहोस् भनेर बन्द गरेको विभागले जनाएको छ । तथ्यांकको सुरक्षा लगायतका दृष्टिबाट सबै समस्या समाधान भएपछि सेवा सुरु हुने विभागले बताइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार