Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वराज्यमन्त्री पदम राईको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा


    आइतबार, मंसिर ९ २०८१
    860
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – पूर्वराज्यमन्त्री एवं मा‌ओवादी नेता पदम राई (विकास) को पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रिय पेरिसडाँडामा राखिएको छ ।

    लामो समयदेखि पार्किन्सनबाट थलिएका माओवादी केन्द्रका केन्द्रीय सदस्य राईको शनिबार उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो ।

    उनको श्रद्धाञ्जलीका लागि माओवादीका शीर्ष नेता, शुभेच्छुक र आफन्त पेरिसडाँडा पुगेका छन् । अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर राईप्रति सम्मान व्यक्त गरे ।

    २०६४ सालको संविधानसभा चुनावमा भोजपुर १ बाट निर्वाचित उनी पूर्वअन्तरिम व्यवस्थापिकाका विधायक तथा भौतिक योजना राज्यमन्त्री हुन् । उनको आजै पशुपतिमा अन्तिम संस्कार गर्ने तयारी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार