Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिनामंगलको एक होटलमा युवायुवती झुण्डिएको अवस्थामा मृत भेटिए


    आइतबार, मंसिर ९ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – सिनामंगलस्थित एक होटलमा युवा युवती झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

    सिनामंगलस्थित जन्मभूमि नाम गरेको होटलको चौथो तलाको बरण्डामा एक युवक र युवती मृत भेटिएका हुन् । उनीहरूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

    मृत भेटिएकामा सुनसरी जिल्ला ठेगाना भएका करिव २५(२६ वर्ष उमेरका रमेश माझी र त्यस्तै उमेरकी नाम नखुलेकी युवती रहेको प्रहरीले जनाएको छ ।

    उनीहरू शनिबार साँझ ६ बजे उक्त होटलमा पुगेका थिए । चौथो तलाको कोठा नम्बर १२० मा बसेका उनीहरू आइतबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

    उनीहरूले बरण्डाको रेलिङमा सेतो रङको सलले दुवै घाँटीमा पासो लगाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार