Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्गा प्रसाईं पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण रिटमा आज प्रारम्भिक सुनुवाइ


    आइतबार, मंसिर ९ २०८१
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गैरकानूनी रुपमा थुनामा राखेको दाबी गर्दै सर्वोच्च अदालतमा दर्ता
    भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाई हुने भएको छ ।

    प्रसाईंका छोरा निराजन प्रसाईंले आफ्ना बाबुलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबी सहित गत शुक्रबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका हुन् ।

    सर्वोच्च अदालतले आज आइतबार निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्नेछ । न्यायाधीश डा। मनोजकुमार शर्माको इजलासमा प्रसाईंले दायर गरेको निवेदनको पेसी परेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भनी प्रसाईंले बोलेको विवादास्पद भिडियो सार्वजनिक भएपछि मंसिर ४ गते भक्तपुर निवासबाट उनलाई प्रहरीले पक्राउ गरिकएको थियो ।

    जिल्ला अदालत, काठमाडौंको अनुमति लिएर प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरीले प्रसाईंमाथि साईबर अपराध, सरकारी कागजात किर्ते लगायतको आरोपमा अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार