काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासहित पाँच जना र सिद्धार्थ मिनरल्स प्रालिविरूद्ध मुद्दा दायर भएको छ।
डिभिजन वन कार्यालय पाल्पाले वन क्षेत्र अतिक्रमण गरेको कसुरमा ६१ वर्षीय उद्योगपति मुरारकासहितका व्यक्तिमाथि मुद्दा दायर गरेको हो।
करिब ४० लाख रुपैयाँ बिगो तथा सजाय दाबी गर्दै वन कार्यालयले पाँच जनाविरूद्ध कारबाही गर्न माग गर्दै मुद्दा दायर गरेको हो।
मुद्दामा सिद्धार्थ बैंकका बहालवाला अध्यक्ष मनोज केडिया, राजेशकुमार अग्रवाल, जगदीश अग्रवाल र विनोद कुमार श्रेष्ठलाई प्रतिवादी बनाइएको छ।
वन क्षेत्र अतिक्रमण गरी अनुमति प्राप्त भएको क्षेत्र भन्दाबढी क्षेत्रमा चुनढुंगा उत्खनन् गरेको डिभिजन वन कार्यालय पाल्पा जनाएको छ।
मुद्दा दायर गरिएका सिद्धार्थ मिनारल्सको सञ्चालकमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष उद्योगपति पशुपति मुरारका छन्। प्रतिवादीमध्ये मुरारका बयानको लागि हाजिर भएका छन् भने अरू फरार सूचीमा छन्।
गैरकानुनी रुपले वन क्षेत्र अतिक्रमण गरी चुनढुंगा उत्खनन् गरेको कसुरमा डिभिजन वन कार्यालयले फरार प्रतिवादीलाई पक्राउ पुर्जीको मागसहित जिल्ला अदालत पाल्पामा कात्तिक २९ गते मुद्दा दायर गरेको हो।
उनीहरूविरूद्ध ३९ लाख ६३ हजार ८५२ रुपैयाँ बिगो दाबी गरिएको छ। पाँच हेक्टर वन क्षेत्रको अनुमति दिइएकोमा प्रतिवादीहरूले ७ दशमलब २ हेक्टर वन क्षेत्र प्रयोग गरेको आरोप लगाइएको छ।
पाल्पाको तिनाउ गाउँपालिका-३ श्रीडाँडामा १३ वर्षदेखि चुनढुंगा उत्खनन् गर्दै आएको सिद्धार्थ मिनरल्स प्रालिले खानी विभागको निर्देशनसमेत अटेर गरेर दोहन गर्ने गरेको छ।
सिद्धार्थ मिनरल्स र सञ्चालक मुरारकासँग २०७८ सालमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४९ करोड ४५ लाख ५१ हजार ६४५ रुपैयाँ बिगो र जरिवानासहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
उक्त मुद्दामा गत मंसिर ६ गते पेशी तोकिएकोमा स्थगित भएको थियो। मुरारका भने चार लाख धरौटी बुझाएर छुटिसकेका छन्।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend