झापा । भारतसँग जोडिएको झापाको सिमावर्ती कचनकवल गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा भन्सार छलेर ल्याइएको लत्ताकपडा बरामद गरेको छ।
कचनकवल गाउँपालिका वडा नम्बर ६ की ४० वर्षीया नजमा खातुनको घरमा स्टोर गरेर राखिएको कपडा प्रहरीले बरामद गरेको हो।
गोप्य सूचनालाई पछ्याउँदै शुक्रबार बिहान साढे ८ बजे जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय बनियानी र प्रस्तावित सीमा सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी खातुनको घरमा पुगेको थियो।
घरमा गएर तलासी लिँदा भन्सार छलेर ल्याइएको ४०८ पिस साडी, त्यसको भित्री कपडा ४०० मिटर र ठसनाको कपडा ११० मिटर बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए।
बरामद कपडाको मूल्य १२ लाख २० हजार रुपैयाँ रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बरामद सामान आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा पठाइएको छ।
उक्त कपडा कचनकवल क्षेत्रकै पृथ्वीनगर तथा आसपास भारतबाट नेपाल भित्र्याइएको प्रहरीले जनाएको छ। बजारमा लगेर बिक्री-वितरण गर्नुअगावै सूचना पाएपछि प्रहरी टोली पुगेको झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।
सिमावर्ती नाकाहरूमा हुने तस्करी रोक्न प्रहरीले आक्रामक कारबाही चलाएको केसीले जानकारी दिए।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend