Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपाली सिफारिस


    शुक्रबार, मंसिर ७ २०८१
    885
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीलाई सिफारिस गर्ने निर्णय भएको छ।

    बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कपिलवस्तुका नेपालीलाई श्रीलंकाको राजदूतमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

    अब नेपालीबारे संसदीय सुनुवाइ समितिमा सुनुवाइ हुनेछ। समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ।

    यसअघि, श्रीलंकाको राजदूतका लागि सिफारिस गरिएका रामकृष्ण भट्टराईको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो। उनको न्यूनतम शैक्षिक योग्यता स्नातक पास नभेटिएपछि समितिले अस्वीकृति जनाएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार