Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल


    शुक्रबार, मंसिर ७ २०८१
    875
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले सकियो भन्नेहरुका लागि जागरण सभा जवाफ भएको बताएका छन् ।

    काठमाडौंको दरबारमार्गमा आयोजित एमालेको जागरण सभालाई सम्बोधन गर्दै जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ भएको बताएका हुन् ।

    सभालाई सम्बोधन गर्दै सत्तामा भएका दलहरु जनतामा जाने विषय सामान्य भएको भन्दै सत्तामा रहेर सभा गर्न नमिल्ने भन्ने टिप्पणी नगर्न आग्रह गरेका थिए । उनले एमाले जनताको पार्टी भएकोले जनतामा जाने निर्णय गरेको बताएका थिए ।

    महासचिव पोखरेलले एमालेले अहिले देशमा देखिएको निराशालाई चिर्न नेतृत्व गर्ने बताउदै पार्टी र नेतृत्वलाई विभिन्न आरोप लगाएर बदनाम गर्ने प्रयास गरिएको बताएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार