Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेसहितको प्रदर्शनले काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त


    शुक्रबार, मंसिर ७ २०८१
    815
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं- नेकपा एमालेसहित तीन समुहले गरेको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्‍यवस्थापन अस्तव्यस्त बनेको छ ।

    नेकपा एमाले, मेडिकल व्यावसायी दुर्गा प्रसाई पक्ष र सहकारी डिडीत समुहले काठमाडौंका विभिन्न स्थानमा गरेको प्रदर्शनले उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको हो ।

    एमालेकोे काठमाडौंका विभिन्न ठाउँबाट निकालिएका र्‍याली अहिले दरबारमार्ग भेला हुने क्रम जारी छ । एमालेले सभाअघि विभिन्न स्थानबाट र्‍याली निकालेको थियो । यसैगरी दुर्गा प्रसाईं समूहले कोटेश्वर क्षेत्रमा प्रदर्शन गरेको छ ।

    एमालेको सभाका लागि नारायणहिटी दरबारको गेट अगाडि नै मञ्च बनाइएको छ । ट्राफिक प्रहरीले सो क्षेत्रमा सवारी आउ(जाउ गर्न रोक लगाएको छ भने दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट ड्राइभर्सन गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार