Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • श्रींलंकन एयरलाइन्सले घटायो भाडादर


    शुक्रबार, मंसिर ७ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपालमा नियमित उडान गरिरहेको श्रीलंकन एयरलाइन्सले हवाई भाडा घटाएको छ । एयरलाइन्सले श्रीलंका–काठमाडौं–श्रीलंका र काठमाडौं–माल्दिभ्स–काठमाडौंको हवाइ भाडादर घटाएको हो।

    एयरलाइन्सले यो रुटका लागि ५ देखि २५ प्रतिशतसम्म भाडादर घटाएको छ । गत बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले वायुसेवा कम्पनीहरूले उच्च मूल्यको भाडा लिएको भन्दै त्यसबारे पुनर्विचार गर्न निर्देशन दिएका थिए।

    साथै उनले अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका थिए। यो सँगै मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको निर्देशनलाई पालना गर्दै श्रीलंकन एयरलाइन्सले भाडादर घटाएको जनाएको छ।

    एयरलाइन्सले हाल श्रीलंका–काठमाडौं–श्रीलंका सातामा  ४ उडान गरिरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार