Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले सार्वजनिक गर्यो कम्बोडिया जाने नेताहरूको नाम


    बिहिबार, मंसिर ६ २०८१
    825
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ- नेकपा एमाले विदेश विभागका पूर्वप्रमुख राजन भट्टराईले कम्बोडिया जाने नेताहरूको सूची सार्वजनिक गरेका छन् । आजबाट हुने आईक्यापको १२ औँ अधिवेशनमा भाग लिन गएका १४ नेताको विवरण उनले सार्वजनिक गरेका हुन् ।

    भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाईँले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको अर्बौँ लगानी रहेको दाबीसहित फेक डकुमेन्टसहित दुष्प्रचार गरेपछि उनी पक्राउ परिसकेका छन् ।

    यही मेसोमा नेताहरू कम्बोडिया गएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी भइरहँदा भट्टराईले धेरैले चासो लिएको भन्दै दल र नेताको विवरण देखाइदिएका हुन् ।

    भ्रमण टोलीमा एमालेबाट डा। भट्टराई र हालका विदेश विभाग प्रमुख रघुवीर महासेठ छन् । टोलीमा काँग्रेसकी नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला र पूर्वसांसद दिव्यमणि राजभण्डारी, माओवादीका अग्नी सापकोटा र गोकर्णप्रसाद भाट, राप्रपा नेता उद्धव पौडेल र केदारबहादुर अधिकारी, जनमतका सीके राउतलगायत पनि भ्रमण टोलीमा रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार