Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नदी-खोला किनार मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन


    बिहिबार, मंसिर ६ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – काठमाडौंका सडक तथा खोला किनारका मापदण्ड खारेज माग गर्दै विरोध प्रदर्शन गरिएको छ । भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्डपीडित संघर्ष समितिले आज उक्त मापदण्डले नागरिकको उठीबास लगाएको भन्दै विरोध (याली निकालेका हुन् ।

    ललितपुरको कुपण्डोलस्थित बागमती नदी किनारबाट सुरु (याली माइतीघर मण्डला पुगेर कोण सभामा परिणत भएको थियो । विरोध कार्यक्रममा अभियन्ता सुमन सायमीलगायत सहभागी छन् ।

    २०८० पुस ३ मा सर्वोच्च अदालतले नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमतीलगायत उपत्यकाका ठूला नदी तथा खोलाका दायाँबायाँ २०–२० मिटर छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो ।

    सो आदेश कार्यान्वयनका लागि काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको थियो । यसो गर्दा सयौँ परिवारको उठीबास लाग्ने भन्दै विरोध गरिएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार