काभ्रे । वीपी राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएको छ ।
बुधबार सडक डिभिजन कार्यालय भक्तपुरले सूचना प्रकाशित गर्दै राजमार्गको विभिन्न सडक खण्डमा डाइभर्सन मर्मत कार्य भइरहेको भन्दै राति सात घण्टा अवरुद्ध हुने जानकारी दिएको हो ।
डिभिजन कार्यालयले वीपी राजमार्ग धुलिखेलदेखि वर्षे खोलासम्मको सडक खण्डमा चौकीडाँडा, नार्के बजार र कालढुङ्गा (भ्याकुरे खोला) देखि माम्तिखोलासम्म डाइभर्सन मर्मत कार्य भइरहेको बताएको छ ।
त्यस्तै राजमार्गको भकुण्डेवेशीदेखि नेपालथोकसम्म राति ९ बजेदेखि बिहान ४ बजेसम्म सडक अवरुद्ध हुने र अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा राति गाडी नचलाउन सडक डिभिजन कार्यालयले आग्रह गरेको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend