Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रवि लामिछानेसहित १० जनाविरुद्ध चितवन प्रहरीमा पनि जाहेरी


    बुधबार, मंसिर ५ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पनि जाहेरी परेको छ । लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताले जाहेरी दिएका हुन् ।

    लामिछानेसहित १० जनाविरुद्ध पुरक जाहेरी आएको चितवनका एसपी गौतम मिश्रले बताए । सहारा चितवनबाट गोरखा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार अवैध तरिकाले गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भेटिएको छ । गोरखा मिडियाका सञ्चालक लामिछाने र जोशी अहिले प्रहरीको हिरासतमा छन् । प्रहरीले उनीहरुविरुद्ध सुर्यदर्शन, सुप्रिम र स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको कसुरमा अनुसन्धान गरिरहेको छ ।

    सहारा बचतको रकम अपचलनबारे चितवन प्रहरीले यसअघि नै अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो । पुरक जाहेरीको आधारमा थप अनुसन्धान गरिने एसपी मिश्रले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार