Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीले कीर्तिपुरको मेयरमा माओवादी केन्द्रलाई समर्थन गर्ने


    बुधबार, मंसिर ५ २०८१
    985
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा एकीकृत समाजवादीले काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रलाई समर्थन गर्ने भएको छ । बुधबार एकीकृत समाजवादीले विज्ञप्ति जारी गर्दै एसबाट उम्मेदवारी दिएका भानु रिजालको उम्मेदवारी निष्कृय बनाएको जानकारी दिएको छ ।

    पार्टी अध्यक्ष माधवकुमार नेपाल आफैंले बुधबार विज्ञप्ति जारी गरी रिजालको उम्मेदवारी निष्क्रिय भएको र माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई सघाउने उल्लेख गरेका छन् । सोही नगरपालिकाको वडा नं. ४ को वडाध्यक्षमा भने नेकपा (एस)की उम्मेदवार रिता खड्काको उम्मेदवारी कायम रहने विज्ञप्तिमा उल्लेख छ ।

    तर, उक्त वडामा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिने नारायण विष्टको उम्मेदवारी बारे स्पष्ट भएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार