महेन्द्रनगर – गृहमन्त्री रमेश लेखकले विकासमा राजनीति गर्न नहुने बताएका छन् । बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले कसैले पनि विकासमा राजनीति गर्न नहुने बताएका हुन् ।
‘चुनाव लड्दा हामी आ–आफ्नो पार्टीको झण्डा लिएर जान्छौ ।’ उनले भने, ‘चुनाव तिजतिसकेपछि विकासको मुद्धामा सबै मिलेर अगाडी बढ्नुपर्छ ।’ त्यसैगरि उनले लोकतन्त्रको विकल्प अरु कुनै व्यवस्था हुन नसक्ने बताएका छन् ।
‘लोकतन्त्रमा जनताका अधिकारहरुको सुरक्षा गर्ने,स्वतन्त्रता प्रदान गर्ने जनताको व्यवस्था हो ।’ उनले भने, ‘त्यसैले अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ यसैमा जनताको विश्वास र भरोसा जगाउनु पर्छ ,त्यसका लागि पनि स्थानीय सरकारको सबैभन्दा भुमिका महत्वपूर्ण छ ।’ उनले स्थानीय सरकारले सहजढंगले जनतालाई सेवा प्रदान गर्नुपर्ने बताए ।
‘हासेर बोली दिनुस आधा समस्याको समाधान त्यसबाटै भइहाल्छ ।’ गृहमन्त्री लेखकले भने, ‘सेवा प्रदान गर्दाखेरी जनतालाइै सबैभन्दा माथी राखेर सेवा प्रदान गर्नुहोस ।’ उनले देशमा विधिको शासन कायम गर्न र विधिको शासन कायम गर्न सरकार पूर्ण रुपले लागि परेको बताए । ‘एमाले र कांग्रेस मिलेर सरकार बनेको छ ।’ उनले भने, ‘यो सरकार देशमा स्थिरताका र शुसाशन कायम राख्नका लागि बनेको हो ।’
उनले जनजिविकाको सवाल र मुलुकमा आर्थिक उन्नती गर्ने सवालमा सरकार क्रियाशिल भएर लागेको बताए । ‘एकै महिनामा परिणाम आउँदैन सरकारले गरेका कामको परिणाम आउन समय लाग्छ ।’ उनले भने, ‘हामी अत्यन्तै मेहनतका साथ काम गरिराखेका छौ ।’ त्यसैगरि उनले पछिल्लो समय लागुऔषधका कारण दुर्घटना बढेको बताउदै त्यसको नियन्त्रणका लागि पनि स्थानीय सरकार लाग्नु पर्ने बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend