Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता


    बुधबार, मंसिर ५ २०८१
    705
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र रसियाका रसियन कम्युनिष्ट पार्टीका प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ ।

    बुधबार दिउँसो राजधानी काठमाडौंमा भएको द्वयपक्षीय भेटवार्तामा नेपालको शान्ति प्रक्रिया, सामाजिक न्याय, मानवअधिकार, समाजवाद र लोकतन्त्र लगायतका बिषयमा जसपा नेपालका अध्यक्ष यादव र रसियन कम्युनिष्ट पार्टीका केन्द्रीय नेताहरुबीच छलफल भएको छ ।

    सो भेटवार्तामा लोकतन्त्रको रक्षा, सामाजिक न्यायको स्थापना र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने सवालमा जसपा नेपाल र रसियन कम्युष्टि पार्टीबीच समान धारणा रहेको र परिवर्तनकारी यी यावत उपलब्धि रक्षाका लागि दुबै पार्टी प्रतिबद्ध रहेको जसपा नेपालका अध्यक्ष यादवको निजी सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार