Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाललाई शान्तिको नयाँ मोडेलको रूपमा प्रस्तुत गर्न जुटौँ – प्रचण्ड


    बुधबार, मंसिर ५ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा नयाँ संकल्पको साथ संविधानलाई अझ विकसित र परिमार्जित गर्दै जानुपर्ने आवश्यकता रहेको बताएका छन्।

    तत्कालीन नेपाल सरकार र विद्रोही नेकपा माओवादीबिच शान्ति सम्झौता भएको १८ वर्ष पुरा भएको अवसरमा बुधवार एक भिडियो वक्तव्य जारी गर्दै प्रचण्डले जनअपेक्षा अनुसार सुशासन, विकास र समृद्धिको पक्षमा लाग्न सबैसँग अपिल गरेका छन् ।

    उनले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै समृद्ध मुलुक निर्माणका लागि सहकार्य र एकताकासाथ अघि बढ्नुपर्ने बताएका छन्। नले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको ऐतिहासिक दिनको अवसरमा पूर्वप्रधानमन्त्री स्व। गिरिजाप्रसाद कोइरालालाई सम्झिँदै भनेका छन्, ‘शान्ति प्रक्रियाका बाकी काम पूरा गर्दै समृद्ध मुलुक निर्माणका लागि सहकार्य र एकताका साथ अघि बढ्न पनि सबैमा हार्दिक अपिल गर्दछु।’

    नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलनलगायत सबै न्यायपूर्ण आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण सहिदहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार