Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • रास्वपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै


    बुधबार, मंसिर ५ २०८१
    905
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज (बुधबार)ं पनि बस्दै छ । सभापति रावि लामिछाने सहकारीको बचत रकम अपचलन आरोपमा पक्राउ परेपछि त्यसको विरोधमा आन्दोलन गरिरहेको रास्वपाले दोस्रो चरणको आन्दोलनको स्वरुपलगायतको विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको हो ।

    यसअघि मंगलबार साँझ बसेको बैठकले ठोस निर्णय गर्न नसकेपछि पुनः बैठक बस्न लागेको हो । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय चमती वनस्थलीमा बस्ने बताइएको छ । आजको बैठकले पार्टीको दोस्रो चरणको कार्यक्रमबारे ठोस निर्णय लिने रास्वपा सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।
    ं
    ं

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार