Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाको आकस्मिक केन्द्रीय समिति बैठक आह्वान


    मंगलबार, मंसिर ४ २०८१
    945
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ।

    मंगलबार अपराह्न ५:३० बजे केन्द्रीय कार्यालय चस्मतिमा बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाइएको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।

    उनकाअनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, उपनिर्वाचन तयारीलगायत विषयमा छलफल हुनेछ। रास्वपा सभापति रवि लामिछानेलाई गत कात्तिक २ गते पार्टी कार्यालय चस्मतिबाट प्रहरीले पक्राउ गरी पोखरा लगेको थियो।

    लामिछानेमाथि सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ। लामिछानेले पार्टीमा कार्यवाहक सभापति कसैलाई पनि तोकेका छैनन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार