Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसले सांसद बजगाईंलाई सोध्यो स्पष्टीकरण


    मंगलबार, मंसिर ४ २०८१
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली कांग्रेसले सांसद राजेन्द्र बजगाईंलाई स्पष्टीकरण सोधेको छ ।

    सांसद बजगाईले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यमन्त्री बद्री पाण्डेले कमिशन खाएको भन्दै सामाजिक सञ्जालमा लेखेका र बोलेका विषयमा स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।

    उनलाई स्पष्टीकरण दिन बुधबारसम्मको समय दिइएको बुझिएको छ । उनलाई अनुशासन समितिका संयोजक आनन्द ढु्ंगानाले पार्टी केन्द्रीय कार्यालयमा बोलाएर मौखिक स्पष्टीकरण समेत लिएका थिए ।

    मन्त्री पाण्डेले गत साता बजगाईंलाई अनुशासनको कारबाहीको माग गर्दै पार्टीमा उजुरी दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार