काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलमा चोकमा जम्मा भई सात मिनेट खबरदारी घन्टी बजाउन अपिल गरेको छ ।
आम निर्वाचन सम्पन्न भएको दुई बर्ष पुगेको अवसरमा रास्वपाले साँझ ७ बजे सात मिनेट खबरदारी घन्टी बजाउन अपिल गरेको कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
बुर्लाकोटीले स्थापनाको करिब पाँच महिना मै राष्ट्रिय स्वतन्त्र पार्टीका २१ जना सांसदलाई जिताउने गरी करिब १२ लाख मत प्राप्त गरेको स्मरण गर्दै रास्वपाले शान्तिपूर्ण लोकतान्त्रिक विधिबाट प्राप्त मतलाई सम्मान गर्दै सदनलाई सदन जस्तो बनाउने गरी जनताका आवाजहरूलाई बुलन्द गरेको उल्लेख गरेका छन् ।
साथै उनले सरकारमा गएर सरकारको प्रभावकारितालाई बढाउने र भ्रष्टाचार र व्यथितिलाई न्यूनीकरण गर्न भ्रष्टाचार विरुद्ध आन्दोलन नै सुरु गरेको दाबि गरेका छन् ।
सरकारले आवाज उठाउनेहरुलाई विभिन्न बहानामा नियन्त्रणमा लिने सरकारको दूषित मनसाय देखिएको उल्लेख गर्दै बुर्लाकोटीले सरकारले एक हदमा भ्रष्टाचार भन्नै नपाउने र भ्रष्टाचारीको नाम उच्चारण गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको आरोप लगाएका छन् ।
उनले भनेका छन्- ‘भ्रष्ट सरकारको सर्वसत्तावाद र राजनीतिक प्रतिशोध विरुद्ध आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलमा चोकमा जम्मा भई सात मिनेट खबरदारी घन्टी बजाउन सबैमा अनुरोध गर्दछौं ।’
साथै रास्वपाले घन्टी बजाउँदै गरेको फोटो, भिडियोहरू सामाजिक सञ्जालमा अपलोड गरी सामाजिक सञ्जालबाट समेत खबरदारी गर्न अपिल गरको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend