Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्गा प्रसाईलाई यी तीन कसुरमा मुद्दा चलाउने तयारी


    मंगलबार, मंसिर ४ २०८१
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर क्राइमसहित तीन वटा कसुरमा मुद्दा चलाउने तयारी गरको छ ।

    प्रसाईँविरुद्ध साइबर क्राइम, कागजात कीर्ते र मानहानीको कसुरमा अनुसन्धान गरिने र सोही बमोजिम मुद्दा चलाइने सिआईबीको तयारी छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३२ अर्ब नेपाली रुपैया लगानी गरेको दाबी गर्दै प्रसाईले सोमबार एक भिडियो सार्वजनिक गरेका थिए । सो भिडियोमा प्रयोग गरिएको सामाग्री नक्कली रहेको दाबी गरिएको छ । प्रसाईसँगै फेक भिडियो बनाउने अन्यलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइने सीआईबीले बताएको छ ।

    सीआईबीको टोलीले प्रसाईँलाई मंगलबार उनकै निवास भक्तपुरबाट पक्राउ गरेको थियो । उनलाई आजै काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि पेश गरिने भएको छ ।

    प्रसाई यसअघि गत असोज ६ गते पनि पक्राउ गरेका थिए । विभिन्न व्यक्तिहरूलाई आरोपित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको उजुरीको आधारमा प्रसाईं त्यतिबेला पक्राउ परेका थिए । उनी त्यति बेला ९ दिन हिरासत बसेर एक लाख धरौटीमा रिहा भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार