काठमाडौँ – इजरायलको आक्रमणमा हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफ मारिएका छन् । मध्य बेरुतमा इजरायली हमलामा मारिएको लेबनानी लडाकु समूहले पुष्टि गरेको छ ।
लेबनानको राज्य सञ्चालित नेशनल न्यूज एजेन्सीका अनुसार आइतबार घना जनसंख्या भएको रस अल(नाबा छिमेकमा रहेको बाथ राजनीतिक दलको मुख्यालयमा भएको आक्रमणमा प्रवक्ता अफिफ मारिएका हुन् ।
अफिफ हिजबुल्लाहका प्रमुख सार्बजनिक अनुहार मध्येका एक नेता थिए । उनले अन्तिम पटक गत सोमबार सार्बजनिक रुपमा देखिएका थिए ।
सिरियाली बाथ पार्टीको लेबनानी शाखाको अधिकांश मुख्यालय आक्रमणमा ध्वस्त भएको थियो, उद्धार र नागरिक रक्षा टोलीहरू भग्नावशेषमा फसेका धेरै मानिसहरूलाई मद्दत गर्न पुगेका थिए । लेबनानको स्वास्थ्य मन्त्रालयले सो आक्रमणमा चार जनाको मृत्यु भएको र १४ जना घाइते भएको जनाएको छ ।
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend