Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इजरायलको आक्रमणमा हिजबुल्लाहका प्रवक्ता मारिए


    सोमबार, मंसिर ३ २०८१
    1.2K
    Shares
    रजनी श्रेष्ठ
  • १ मिनेट पाठ
  • काठमाडौँ – इजरायलको आक्रमणमा हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफ मारिएका छन् । मध्य बेरुतमा इजरायली हमलामा मारिएको लेबनानी लडाकु समूहले पुष्टि गरेको छ ।

    लेबनानको राज्य सञ्चालित नेशनल न्यूज एजेन्सीका अनुसार आइतबार घना जनसंख्या भएको रस अल(नाबा छिमेकमा रहेको बाथ राजनीतिक दलको मुख्यालयमा भएको आक्रमणमा प्रवक्ता अफिफ मारिएका हुन् ।

    अफिफ हिजबुल्लाहका प्रमुख सार्बजनिक अनुहार मध्येका एक नेता थिए । उनले अन्तिम पटक गत सोमबार सार्बजनिक रुपमा देखिएका थिए ।

    सिरियाली बाथ पार्टीको लेबनानी शाखाको अधिकांश मुख्यालय आक्रमणमा ध्वस्त भएको थियो, उद्धार र नागरिक रक्षा टोलीहरू भग्नावशेषमा फसेका धेरै मानिसहरूलाई मद्दत गर्न पुगेका थिए । लेबनानको स्वास्थ्य मन्त्रालयले सो आक्रमणमा चार जनाको मृत्यु भएको र १४ जना घाइते भएको जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार