Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बन्दीपुरमा दुईवटा बस ठोक्किदा एकजना चालकको मृत्यु, २९ यात्रु घाइते


    आइतबार, मंसिर २ २०८१
    1.7K
    Shares
    रजनी श्रेष्ठ
  • १ मिनेट पाठ
  • काठमाडौं- तनहुँको बन्दीपुरमा दुईवटा यात्रु बस एकापसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ ।

    मुग्लिङ-पोखरा सडकखण्ड अन्तर्गत तनहुँको बन्दिपुर नगरपालिका-५ नया पुलमा दुईवटा यात्रुबाहक बस ठक्कर खाँदा एकजना चालकको ज्यान गएको हो ।

    यो दुर्घटनामा कम्तीमा पनि २९ जना यात्रु घाइते भएका छन् । जसमा ३ जनाको अवस्था गम्भीर रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार