Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गुरुप्रसाद मैनालीको कथा ‘परालको आगो’ मा फिल्म बन्ने


    शनिबार, मंसिर १ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । कथाकार गुरुप्रसाद मैनालीको ‘परालको आगो’ कथामा आधारित भएर फिल्म निर्माण हुने भएको छ ।

    मैनाली कथा पुरस्कार ट्रस्टको तर्फबाट कथाकार मैनालीका छोरा माधवप्रसाद मैनालीले निर्माता सुशील पोखरेलको कम्पनी हरिओम सिने मेकर्सलाई ‘कथाको भाव र मर्म नबिग्रने गरी’ फिल्म निर्माणका लागि मञ्जुरी दिएका छन् ।

    लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको फिल्मलाई आगामी वर्षको दशैंमा रिलिज गरिने जनाइएको छ । आगामी फागुनदेखि फिल्मको छायांकनमा सुरु हुनेछ ।

    यसअघि ‘परालको आगो’ कथामा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि फिल्म निर्माण गरेका थिए । यसपटक भने लोकेसन, प्रस्तुतिकरण र पटकथालाई फरक किसिमले प्रस्तुत गरिने निर्माता पोखरेलको भनाई छ ।

    ‘परालको आगो’ कथामा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ । यो कथाकार मैनालीको सर्वश्रेष्ठ कथा हो । फिल्ममा सुशील देवकोटा लेखन, सुरेन्द्र रानाको शब्द रचना, सत्यराज आचार्य र स्वरुपराज आचार्यको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहने बताइएको छ । यस फिल्ममा कलाकार को हुने भन्ने निश्चित नभएको बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार