Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालले आज ताजकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दै


    बुधबार, कार्तिक २८ २०८१
    975
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले आज ताजकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दै छ ।

    ताजकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा हुने यो खेल आज साँझ नेपाली समय अनुसार साँझ ६: ४५ बजेदेखि शुरु हुने छ । त्यस्तै यसै मैदानमा नेपालले नोभेम्ब १६ मा अफगानिस्तानविरुद्ध पनि मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

    फिफा वरियताको १०५औ स्थानमा रहेको ताजकिस्तानसँग नेपालले यसअघि दुई खेल खेलेको छ । २०१७ मा एएफसी एशियन कप छनौटमा खेलेको दुवै खेलमा नेपाल पराजित भएको थियो ।

    त्यसैगरी फिफा वरियता १५१औं स्थानमा रहेको अफगानिस्तानसँग नेपालले अहिलेसम्म ६ खेल खेलेको छ । जसमा ३ खेलमा जित हासिल गरेको छ, २ बराबरी खेलेको छ भने एक खेलमा हार बेहोरेको छ । २०१३ यता नेपालले अफगानिस्तानसँग पहिलो पटक फुटबल खेल्दै छ ।

    दुवै मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टिम ताजकिस्तान पुगिसकेको छ ।

    नेपाली टिम:

    गोलकिपर: किरण कुमार लिम्बु (सी), दीप कार्की, विशाल सुनार ।
    डिफेन्डरः अभिषेक लिम्बु, रोहित चन्द, चिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रणदिप पौड्याल, अन्जल महर्जन ।
    मिडफिल्डरः रोहन कार्की, मणि लामा, अरिक विष्ट, अरविन्द राई, भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ ।
    फरवार्ड: जिलेस्पे जंग कार्की, अन्जन विष्ट, निरजन धामी ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार