Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाली यू-१९ टिमले कर्नाटकाको यू-१९ टिमसँग मूलपानीमा पाँच अभ्यास खेल खेल्ने


    मंगलबार, कार्तिक २७ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालको यू-१९ राष्ट्रिय क्रिकेट टिमले एसिया कप खेल अघि भारतको कर्नाटकाको यू-१९ सँग ५ अभ्यास खेल खेल्ने भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) का अनुसार मुलपानी क्रिकेट मैदानमा एशिया कप खेल्ने नेपाली यू-१९ टिमले  कर्नाटकाको यू-१९ टिमसँग ५ एकदिवसीय खेल खेल्ने भएको हो ।

    यी खेलहरु पहिलो खेल नोभेम्बर १३ मा, दोस्रो खेल नोभेम्बर १५ मा, तेस्रो खेल नोभेम्बर १७ मा, चौथो खेल नोभेम्बर १९ मा र नोभेम्बर २१ मा पाँचौं खेल हुने भएको  ।

    नेपालले नोभेम्बर २९ देखि डिसेम्बर ८ हुने यू-१९ एशिया कपमा भाग लिदै छन् ।

    एशिय कपमा नेपाल समूह बी मा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् । त्यस्तै समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् ।  हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

    नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २९ तारिखमा श्रीलंकासँग, दोश्रो खेल डिसेम्बर १ तारिखमा बंगलादेशसँग र तेश्रो खेल डिसेम्बर ३ तारिखमा अफगानिस्तानसँग खेल्ने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार