Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दक्षिण अफ्रिकासँग भारत पराजित


    सोमबार, कार्तिक २६ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । भारत दक्षिण अफ्रिकासँगको टी-२० सिरिजको दोस्रो खेलमा पराजित भएको छ ।

    गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई ३ विकेटले पराजित गरेको हो ।

    भारतले दिएको १२५ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले १९ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    यस अघि पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउदै १२४ रन बनाएको थियो ।

    दक्षिण अफ्रिकाको यो जितपछि ४ खेलको सिरिज १-१ ले बराबरी भएको छ । यस अघि पहिलो खेल भारतले जितेको थियो । अब सिरिजको तेस्रो खेल बुधबार हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार