Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छठपर्वका सात सय ब्रतालु महिलालाई वडाध्यक्षको सारी उपहार


    बुधबार, कार्तिक २१ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विशाल बस्नेत

    महोत्तरी । छठको अवसर पारेर महोत्तरीका एक वडाध्यक्षले ७ सय महिलालाई सारी वितरण गरेका छन् । दोश्रो दिन खरनामाको अवसरमा  बर्दिवास–९ का वडाध्यक्ष घुरन महतोले गृहणी महिलालाई सारी वितरण गरेका हुन् ।

    महिलाहरुको मुख्य पर्वको रुपमा चिनिने छठमा नयाँ र सफा कपडा लगाउनुपर्ने हुँदा सवै जनाले खरिद गरेर लगाउन नसक्ने अवस्थालाई मध्यनजर गर्दै झन्डै ४ लाख बराबरको सारी वितरण गरिएको अध्यक्ष महतोले जानकारी दिए ।

    वुधवार एक कार्यक्रमका बीच वितरण गरिएको नयाँ कपडा (सारी)  पाएपछि गृहणी महिलाहरुले निक्कै खुसी व्यक्त गरेका छन् ।

    ‘जनप्रतिनिधिहरुले जनताका आधारभूत समस्या पहिचान गरेर चाडपर्वको मार्कालाई पनि सम्बोधन गर्दा निक्कै खुसी छौ ।’ स्थानीय विनादेवी महतोले भनिन्, ‘जनताका समस्या बुझेर खुसी ल्याउने यस्तै जनप्रतिनिधि हामिलाई चाहिएको हो ।’

    सारी वितरण कार्यक्रममा नयाँ सारीले तत्कालको समस्या सावधान गर्नेमात्र हैन पर्वको महत्व समेत प्रगाढ वन्ने अतिथिहरुले विस्वास व्यक्त गरे ।

    कार्यक्रममा नगरप्रमुख प्रल्हादकुमार क्षेत्री, उपप्रमुख तारादेवी महतो, राजनीतिक दलका प्रतिनिधिहरु लगायत स्थानीयहरुको बाक्लै उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार