काठमाडौँ । नेपाली कांग्रेसले मंसिर १६ मा हुने स्थानीय तहका विभिन्न पदहरुका लागि हुने उपनिर्वाचनका लागि नेताहरुलाई खटाएको छ ।
कांग्रेस उपनिर्वाचन केन्द्रीय संयोजन समितिले उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक, समन्वय र सहजीकरण गर्न विभिन्न नेताहरुलाई जिम्मेवारी दिएको हो ।
जसमा महालक्ष्मी उपाध्याय ‘डिना’ लाई बागमती प्रदेश, भीष्मराज आङ्दम्बेलाई कोशी प्रदेश, महेन्द्र यादवलाई मधेश प्रदेश, जीवन परियारलाई कर्णाली प्रदेश एवं गण्डकी प्रदेश, डा. प्रकाशशरण महतलाई अन्तर पार्टी समन्वय, एनपी साउदलाई सुदूरपश्चिम प्रदेश, पुष्पा भुसाललाई लुम्बिनी प्रदेश एवं निर्वाचन आयोग समन्वय, मीन विश्वकर्मालाई प्रचार प्रसार संयोजन, मधु आचार्यलाई स्थानीय तह समन्वय र नानु बाँस्तोलालाई सचिवालय व्यवस्थापनको जिम्मेवारी दिइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
त्यस्तै बैठकले उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन सम्पूर्ण एकता, सालिनता र सकृयताका साथ अघि बढ्ने निर्णय पनि गरेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend