Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने


    बुधबार, कार्तिक १४ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ महानगरले साफ महिला च्याम्पियनसिपको आज हुने नेपाल र बंगलादेशबीचको फाइनल खेल देखाउने व्यवस्था गरेको छ ।

    महानगरले फाइनल खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन रहेकोले टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाएको जानकारी दिएको छ ।

    महानगरले खेलको प्रवर्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका प्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनका लागि आफूलाई पायक पर्ने स्थानमा जान फुटबल खेलप्रेमी दर्शकहरुलाई अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार