रसुवा । आध्यात्मिक पर्यटन प्रबन्ध गर्न गोसाईंकुण्डमा योग शिविर सम्पन्न भएको छ । पर्यटनको लागि गोसाईंकुण्ड साधनाको तपोभूमि मानिने यो क्षेत्रमा न्यु भिजन नेपालले योग शिविर सम्पन्न गरेको हो । योगका साथै, गोसाईंकुण्डमा पूजा हवन योग कुमारी साथै मन्जुरी नृत्यसमेत प्रस्तुत भएको थियो ।
उक्त शिविरमा पूजा हवन, योग ध्यान र न्यु भिजन नेपालकी सचिव सवनम खड्गीले कुमारी डान्स साथै मन्जुरी नृत्य पनि प्रदर्शन गरेकी थिइन । न्यु भिजन नेपाल का अध्यक्ष अशोक शर्मा भट्टले याेग सिकाएका थिए । काठमाडौँ महानगर कार्यपालिका सदस्य मिना सुनार र वडा न १८ वडाकी वडा सदस्य रचना शर्मा सहित १७ जना सहयोगी थिए ।
पर्यटन बाेड, कुमारी बैंक, प्रभु बैंक, नेपाल बैंक, गोसाईंकुण्ड गाउँपालिका, अल नेपाल एक्क्रसन, गरिमा भ्याज तथा पालिका लाइभ डटकमको सहकार्यमा यो शिविर सम्पन्न भएको हो । गत महाशिवरात्रिको अवसरमा सिन्धुपाल्चोक पाँचपाेखरीमा सम्पन्न गरिएको कार्यक्रमको निरन्तरता साथै आउने दिनहरूमा पनि नयाँ योजना रहेको न्यु भिजनका अध्यक्ष भट्ट बताउँछन् ।
गोसाईंकुण्ड रसुवा जिल्लामा रहेको चर्चित धार्मिक पर्यटकीय गन्तव्य हो। गोसाईंकुण्डलाई शिव कुण्ड पनि भन्ने गरिन्छ। समुन्द्र सतहबाट करिब ४ हजार ३८० मिटर उचाइमा अवस्थित कुण्डमा दशहरा र जैन पूर्णिमा मेला लाग्ने गर्छ। धार्मिक, जैविक, विविधता, ऐतिहासिक, पर्यटन र सांस्कृतिक महत्वसँगै गोसाईंकुण्ड क्षेत्रमा १०८ वटा कुण्ड रहेका छन् । यी कुण्डहरूमा गोसाईंकुण्ड, भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, दुधकुण्ड र सुर्जे कुण्ड प्रख्यात छन् ।
धार्मिक मान्यता अनुसार समुद्र मन्थन गर्दा उत्पन्न भएको कालकुट विषको असरबाट पृथ्वीलाई बचाउन भगवान शिवले विष पान गरे। विष पानबाट शिवलाई जलन र छटपटी भयो । यसलाई शान्त पार्न शिव गोसाईंकुण्ड पुगे र आफ्नो हातमा रहेको त्रिशूल पहाडमा गोब्दा निस्किएको जलले नुहाई शान्त भए । त्यही जलबाट बनेको कुण्ड र त्यहाँको मनोहर दृश्यबाट शिवलाई लोभ्यायो र गोसाईंकुण्डमा सयन गरे भन्ने धार्मिक मान्यता रहेको छ । त्यसै कारणले गोसाईंकुण्डमा स्नान गर्नाले जन्मान्तर देखिको पापबाट मुक्ति मिल्ने, मनले चिताएको कुरा पुग्ने जनविश्वास रहेको छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend