काठमाडौँ । प्रधानसेनापतिसँग अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमण दलले शिष्टाचार भेटघाट गरेको छ ।
राष्ट्रिय सेवा दलको वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालित युथ एक्सचेन्ज प्रोग्राममा सहभागी हुन भारतीय सेनाका विंग कमान्डर पीआर पोंनाप्पाको नेतृत्वमा १८ सदस्यीय भारतीय सेनाको टोली कार्तिक ५ गतेदेखि नेपालमा रहेको छ ।
वि.सं. २०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दल, नेपालमा तालिमरत क्याडेट छात्र/छात्राहरुले वि.सं.२०२६ सालबाट विभिन्न देशहरूमा सञ्चालित युथ एक्सचेन्ज प्रोग्राममा सहभागीता जनाउँदै आई रहेका छन् ।
यस कार्यक्रम अन्तर्गत नेपालबाट हालसम्म भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, मालदिभ्स, पाकिस्तान, सिंगापुर लगायतका देशहरूमा राष्ट्रिय सेवा दलका क्याडेट छात्र छात्राहरूले भ्रमण गरिसकेका छन् ।
नेपाल भ्रमणमा रहेको भारतीय नेशनल क्याडेट क्रप्सका टोलीलाई लक्षित गरी सञ्चालन भएका विभिन्न कार्यक्रमहरूमा नेपालको राष्ट्रिय सेवा दलका छात्र/छात्राहरूको समेत सहभागिता रहेको छ । जङ्गी अड्डामा आज आयोजित भेटघाट कार्यक्रममा रथीवृन्द, राष्ट्रिय सेवा दल, नेपालका कार्यकारी महानिर्देशक लगायत युथ एक्सचेन्ज प्रोग्राममा सहभागी नेपाल तथा भारतका नेशनल क्याडेट क्रप्सका छात्र छात्राहरूको उपस्थिति थियो ।
राष्ट्रिय सेवा दल अन्तर्गत नेपालमा हालसम्म ७४ हजार ४८० जना छात्र/छात्राहरुले सिनियर तथा जुनियर डिभिजन तालिम प्राप्त गरिसकेका छन् भने यस वर्ष ७ हजार ७०४ छात्र/छात्राहरु उक्त तालिम सहभागी भई रहेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend