बाँके । सशस्त्र प्रहरी बल नेपालले सीमासँग जोडिएका बाँके र बर्दियाका स्थानीय जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । उक्त कार्यक्रम प्रस्तावित सीमा सुरक्षा गुल्म बाँकेको आईसीपी हलमा कार्तिक ९ गते सम्पन्न भएको हो ।
नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसीनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा नं. ३० गण बाँके र नं. ३१ गण बर्दियाका गणपति, सीमासँग जोडिएका बाँके र बर्दियाका स्थानीय जनप्रतिनिधि तथा वडा अध्यक्षहरु लगायत प्रस्तावित सीमा सुरक्षा गुल्मका गुल्मपति र बिओपी प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा सीमामा हुने अवैध चोरीपैठारी निकासी तथा राजश्व चुहावट नियन्त्रण, चाडपर्वको समयमा हुने चोरी, डकैती, हत्या, अपहरण, लुटपाट लगायतका क्रियाकलापहरुलाई नियन्त्रण र सीमामा आवागमन गर्ने नागरिककहरुको सुरक्षा र सहजताको विषयमा समेत छलफल गरिएको थियो ।
सोही अवसरमा बरिष्ठ उपरीक्षक तिउसीनाले सीमामा हुने अवैध गतिविधिहरु नियन्त्रणको लागि सीमा सहजीकरण तथा निगरानी समिती गठन, सीमा नाकाहरुमा तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको र भविष्यमा अन्य आधुनिक प्रविधिको बिस्तार गर्दै लगिने समेत बताए ।
उनले सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्ने कार्यमा सरोकारवाला निकाय, स्थानिय जनप्रतिनिधि तथा स्थानीय वासिन्दाहरुको समेत सहयोग, समन्वय र सहकार्यले महत्वपूर्ण भुमिका खेल्ने भएकोले स्थानिय सीमाबासी संगको यस प्रकारक कार्यक्रम उपलब्धिमुलक हुने बताए ।
कार्यक्रममा स्थानिय जनप्रतिनिधि हरुले सीमामा सशस्त्र प्रहरीको उपस्थितिका कारण शान्ति सुरक्षाको प्रत्याभूती भएको, सीमाबासी संग सशस्त्र प्रहरी कार्यक्रमले सिमाक्षेत्रका विभिन्न समस्या समाधानमा थप सहकार्य र समन्वयको बाताबरण बनेको भन्दै खुशी ब्यक्त गरेका थिए । सीमामा हुने असुरक्षाको स्थिती नरहेको भन्दै उनीहरुले सशस्त्र प्रहरीसँगको सहकार्य र समन्वय निरन्तर रहने बताए ।
सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ ल्याएपश्चात सीमामा २४सै घण्टा नियमित पैदल गस्ती, स्वास्थ्य शिविर संचालन, सीमानामा रहेका स्थानीयवासी लक्षित क्षमता अभिवृद्धि तालिम, सीमा अपराध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम, सीमाक्षेत्रमा सरसफाई लगायत लैंगिक हिंसा, बाल बिबाह, लागुऔषध सम्बन्धमा सचेतनामूलक कार्यक्रमहरु समेत संचलान गर्दै आएको छ ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपालको कल्याणकारी योजना अन्तर्गत अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरुमा बसोबास गर्ने आदिवासी जनजाति, दलित समूदाय, अल्पसंख्यक, अतिविपन्न, पिछडिएका वर्ग र सीमान्तकृत समुदायका तथा जेहेन्दार छात्रछात्राहरुलाई नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म निःशुल्क अध्ययनको व्यवस्था समेत गरिएको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend