Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सशस्त्र प्रहरीद्वारा जंगलमा हराएका आन्तरिक पर्यटकको उद्धार


    शनिबार, कार्तिक १० २०८१
    840
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ स्थित हाँसपोखरीबाट हराएका चार जना आन्तरिक पर्यटकको सशस्त्र प्रहरीले कार्तिक ९ गते उद्धार गरेको छ ।

    उद्धार गरिएकाहरु सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१२ का ब्यक्तिहरु रहेका छन् ।

    उनीहरु सोही ठाउँको मुन्दुम पदमार्गको हाँस पोखरीबाट सुन्तलेतर्फ जाने क्रममा बाटो पत्ता लगाउन नसकि जंगलमा हराएका थिए ।

    सो बारे जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं ५ टक्सार गुल्म भोजपुर र सुरक्षा वेश नागी भोजपुरको सुरक्षा फौजले सोही ठाउँको मझुवा जंगलभित्र रहेको गोठमा फेलापारेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार