काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले काठमाडौंमा ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपेन्द्र शाहले कार्यभार सम्हालेको केही दिनमै ब्यूरोले हासिल गरेको यो कारबाहीलाई महत्वपूर्ण सफलताका रूपमा हेरिएको छ ।
सशस्त्र प्रहरीका अनुसार आइतबार दिउँसो १२ः४५ बजे विशेष सूचनाका आधारमा खटिएको टोलीले काठमाडौं महानगर क्षेत्रको चन्द्रागिरी नगरपालिका–१५, ढुङ्गेअड्डाबाट लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा कीर्तिपुर नगरपालिका–९, पाँगादोबाटो बस्ने ३९ वर्षीय अनिल देउलालाई नियन्त्रणमा लिएको हो ।
देउलाको साथबाट ५० बक्समा रहेको १ हजार ५०० फायल (१५ हजार क्याप्सुल) ट्रामाडोल, एक थान एन्ड्रोइड मोबाइल र बा ७७ प ७८०० नम्बरको स्कुटर बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रहरीले त्यसपछि देउलाको बयानका आधारमा चन्द्रागिरी नगरपालिका–१४, नयाँ नैकापस्थित पानीट्याङ्की नजिक रहेको डेरामा खानतलासी गर्दा उदयपुरको गाईघाट घर भएकी २४ वर्षीया सुमित्रा राईलाई पनि पक्राउ गरेको छ ।
डेराबाट १ हजार १८८ थान डाइजापाम, फेनरागन र आईपीपीएल, १ हजार ८७७ फायल (१८ हजार ७७० क्याप्सुल) ट्रामाडोल, १५० ग्राम पोलेन, विभिन्न दरका नेपाली रुपैयाँ गरी कुल १ लाख ३९ हजार १६५ नगद, एक थान एन्ड्रोइड मोबाइल र एक थान साधारण मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend