काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा भदौ ९ गते भारतीय सशस्त्र सीमा बल (एसएसबी) को आन्तरिक सुरक्षा र रणनीति व्यवस्थापन कोर्षका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागितामा एक विशेष व्यवसायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले स्वागत मन्तव्यका क्रममा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीचको सम्बन्ध आपसी विश्वास, पारस्परिक सम्मान र व्यावसायिक सहयोगमा आधारित रहेको चर्चा गरेका थिए । उनले यो भ्रमणले दुई सुरक्षा निकायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै समकालीन सुरक्षा चुनौतीहरुको सामना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले नेपाल–भारत सीमा सुरक्षा र सहयोगका विभिन्न पक्षहरु लगायत सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त कार्यादेशहरुमा भएका उपलब्धि सम्बन्धमा विस्तृत रुपमा प्रस्तुतीकरण गरेका थिए भने सशस्त्र प्रहरी बल नेपालले ‘शान्ति, सुरक्षा र प्रतिवद्धता’को मूल मन्त्रका साथ सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजश्व संकलनमा सहयोग र आन्तरिक सुरक्षामा निर्वाह गरेको बहुआयामीक भूमिकालाई विशेष बृत्तचित्रमार्फत् प्रस्तुत समेत गरिएको थियो ।
भारतीय सशस्त्र सीमा बलका डिआईजी सञ्जयकुमार शर्माले सन् २००१ बाटै भारतीय सशस्त्र सीमा बल नेपाल भारत सीमा सुरक्षामा तैनाथ र सशस्त्र प्रहरी बल नेपालको स्थापना भएको संयोगको इतिहासलाई स्मरण गर्दै सशस्त्र प्रहरी बल नेपालले व्यावसायिक कार्यसम्पादनमा हासिल गरेको प्रगति प्रशंसनीय रहेको बताए ।
अन्तरक्रिया कार्यक्रममा दुई देशबीचको अद्धितीय र ऐतिहासिक सम्बन्धको प्रतीक मानिने खुल्ला सीमानालाई थप सुरक्षित बनाउन सूचना आदान–प्रदान, सीमा अपराध नियन्त्रण र संयुक्त क्षमता अभिबृद्धि गर्ने विषयमा छलफल भएको थियो ।
काठमाडौं। पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको आरोपमा नापी कार्यालयका सर्भेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी...
काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका-१५ चौमतीबाट स्रोत नखुलेको ३१ लाख रुपैयाँ नगदसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई...
काठमाडौँ। लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीले मंगलबार शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त मन्त्रीहरूलाई मंगलबार पद तथा गोपनीयताको शपथ गराएका...
काठमाडौं । बुधबार हुने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा ११ जना सांसदले प्रश्न सोध्ने भएका छन् । संसद् सचिवालयका अनुसार सत्तारुढ दल राष्ट्रिय...
काठमाडौं। बानेश्वरमा ड्यूटीमा खटिएकी महिला प्रहरीमाथि एक युवकले हातपात गरेका छन्। ट्राफिक व्यवस्थापनमा खटिएकी सामुदायिक महिला प्रहरीमाथि हातपात भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend