Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड


    शुक्रबार, कार्तिक ९ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । म्यानचेस्टर युनाइटेडले युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा टर्कीको क्लब फेनेरबाहससँग बराबरी खेलेको छ ।

    गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र फेनेरबाहसले १-१ गोलको बराबरी खेलेका हुन् ।

    म्यानचेस्टर युनाइटेडका लागि क्रिस्टियन एरिक्सनले खेलको १५औ मिनेटमा शुरुवाती गोल गरेका थिए भने फेनेरबाहसका लागि योउसेफ एन नेसयरीले खेलको ४९औ मिनेटमा बराबरी गोल गरेका थिए ।

    युरोपा लिगमा म्यानचेस्टर युनाईटेडको यो तेस्रो बराबरी हो । ३ खेलमा ३ बराबरीसहित ३ अंक हासिल गरेर युनाइटेड लिगमा २१औं स्थानमा रहेको छ ।

    त्यसैगरी फेनेरबाहसको ३ खेलमा ५ अंक भएको छ र लिगमा १४औं स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार