Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • बाबुराम कुँवर राष्ट्रपतिको सल्लाहकार हुनु राष्ट्रकै लागि लज्जास्पद दृश्य हो : सूर्य थापा


    बिहिबार, कार्तिक ८ २०८१
    2.3K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । एमालेका सांसद तथा सहकारी छानबिन संसदीय समितिका अध्यक्ष सूर्य थापाले सहकारी ठगीमा रवि लामिछानेले क्लीनचिट पाएको भनेर लेख्नेहरुले मिसन पत्रकारिता गरेको आरोप लगाएका छन् ।

    थापाले रवि लामिछानेलाई संसदीय छानबिन समितिले क्लिनचिट(सफाइ) दिएको भन्ने ब्यानर समाचार सम्प्रेषण गरिनु नै तथ्यको तोडमरोड, भ्रष्ट्रीकरण र घोषित मिसनकारिता भएको उल्लेख गरेका छन् । उनले नयाँ पत्रिका दैनिकले संसदीय छानबिन समितिको प्रतिवेदनलाई तोाडमरोड गरेको र मिसन पत्रकारिता गरेको आरोप लगाएका छन् । नयाँ पत्रिका दैनिकमा छापिएका समाचारका कटिङ समेत राखेर थापाले सहकारी छानबिन समितिको प्रतिवेदनको तथ्यको तोडमरोड, भ्रष्ट्रीकरण र घोषित मिसनकारिता भएको उल्लेख गरेका छन् ।

    उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्–२०८१ भदौ ३१ पछि नयाँ पत्रिका र अरू केही सीमित संचारमाध्यममा रवि लामिछानेलाई संसदीय छानविन समितिले क्लिनचिट(सफाइ) दिएको भन्ने ब्यानर समाचार संम्प्रेषण गरिनु नै तथ्यको तोडमरोड, भ्रष्ट्रीकरण र घोषित मिसनकारिता थियो । मेरो अनुभवमा संसदीय छानविन समितिको कामलाई सबभन्दा कम महत्त्व दिने र कार्यादेश (टीओआर) भन्दा विषयान्तर गराउने गरी सम्प्रेषण गर्न निरन्तर उद्यत भएको ब्रोडसिटमध्ये नयाँ पत्रिका अग्रणी थियो । सफाइ पाएको भन्ने भाष्य निर्माणबाट स्वयं लामिछानेजी असोज ८ गते बेलुकाको ३९ मिनेट लामो फेसबुक लाइभमार्फत् पछि हटिसक्नुभएको सर्वविदितै छ।यसमा लाहुरेभन्दा गुन्टा बढी उफ्रिनुको मज्जा पनि आआफ्नो ठाउँमा होला नै !

    चाहे बाबुराम कुँवर होऊन् वा हरि वशिष्ठ जीबी राई र केदारनाथ शर्मालाई सशुल्कर निशुल्क सल्लाह दिएर आजको नियतिमा पुर्याउन साथमा रहेको जानकारी नभएकोर नआएको होइन । तर हामी कार्यादेशरउजरीर गुनासोर निवेदनबेगर अरू ढंगले कार्यसम्पादन नगर्न निधारित सिमामा थियौं । अहिले ब्यानर समाचार बनाउने पत्रिकाको आधार पनि समितिको प्रतिवेदन नै भएको छ ,यसमा खुशी नै लागेको छ ।

    छानविनको ९९ दिनमध्ये कम्तीमा ८९ दिनभित्र यस्ता रिपोर्टिङ गरेको भए सहयोग नै पुग्दथ्यो । लगनपछिको पोतेको खासै प्रयोजन नभएजस्तै ९९ दिनमा काम सकेर प्रतिवेदन संसदमा प्रस्तुत गरेको पनि ३६ दिनपछि शृङ्खलाबद्ध ब्यानर समाचार आउनु पनि साथीहरूको कडा मेहेनत नै हो ।

    अहिले रवि, छवि, रम्तेल र जीबी राईमाथि प्रचलित कानुनबमोजिम कारबाहीको सिफारिस अन्तर्गत अनुसन्धान गर्ने निकायले छवि र रविलाई करिब एक महिनाको अन्तरालमा पक्राउ गरी प्रहरी हिरासतमा राखेर अदालतको अनुमतिमा अनुसन्धान चलिरहेको छ । यसलाई विषयान्तर गर्ने जोकोहीको कोशिस र नियत छर्लङ्ग छ ।

    रवि छवि, जीबी र रम्तेलमाथि जो अनुसन्धान र अभियोजन चलिरहेको छ, यसलाई निष्कर्षमा पुर्याउने कार्यमा कुनै अवरोध, विषयान्तर र अन्यथा आग्रहको अर्थ देखिंदैन ।

    सहकारी ठग जीबी राईको कानुनी सल्लाहकार रहेको व्यक्ति सम्माननीय राष्ट्रपतिको सल्लाहकार पंक्तिमा विराजमान देखिनु भने राष्ट्रकै निम्ति एउटा लज्जास्पद दृश्य हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार