Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुम्बिनी प्रदेशमा थपिए तीन मन्त्री


    बुधबार, कार्तिक ७ २०८१
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटवल । लुम्बिनी प्रदेशमा तीनजना नयाँ मन्त्री थपिएका छन् ।

    मुख्यमन्त्री चेतनारायण आचार्यले तीन नयाँ मन्त्रीको नाम प्रदेश प्रमुखलाई सिफारिश गरेका हुन् ।

    गत साउन ७ गते मुख्यमन्त्री बनेका मुख्यमन्त्री आचार्यले नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टिबाट बाँकेका आदेशकुमार अग्रवाललाई मन्त्रीमा सिफारिस गरेका हुन् ।

    सिफारिस भएका नयाँ मन्त्री मध्ये तिमिल्सिनालाई सामाजिक विकास, कलवारलाई वन तथा वातावरण मन्त्रालय र अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

    नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान ८ बजे शपथ हुने बताइएको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार