Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाढीपहिरोले गाउँपालिकै क्षतबिक्षत, अध्यक्ष सरकारी खर्चमा जापान घुम्नै मस्त


    शनिबार, कार्तिक ३ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • सिन्धुपाल्चोक । बाढी–पहिरोले थङ्थिलो पारेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष यतिवेला मोजमस्तीमा जापानमा सयर गर्दैछन् ।

    गएको असार साउन र असोज ११ देखि १३ गतेसम्म आएको बाढी–पहिरोले चीनसँग जोडिएको यो  गाउँपालिका अन्तगर्तकै तीनवटा मोटरवेल पुल बगाएपछि यहाँको जनजीवन अस्तव्यस्त छ । तर, यहाँका अध्यक्ष पासाङ नुर्पु शेर्पा (तामाङ) को टोली सरकारी रकमको दुरुपयोग गर्दै जापानमा मस्ती गरिरहेको छ ।

    पालिकाका एक कलाकारलाई आमन्त्रण गरिएको सामान्य सांस्कृतिक कार्यक्रममा अध्यक्ष पासाङ नुर्पु शेर्पाले आफूलाई पनि बोलाउनुपर्ने दबाब दिएका थिए । ग्लोवल फोरम नेपाल नाम गरेको जापानको संस्थाले भोटेकोशी गाउँपालिका वडा नं १ का दृष्टिबिहीन टुङ्ना वादक कलाकारलाई आमन्त्रण गरेको थियो । तर, अध्यक्षलगायतको टोली भने पालिकाको आन्तरिक स्रोत प्रयोग गरेर कलाकारसँगै जापान पुगेका छन् ।

    ग्लोवल फोरम नेपालका अनुसार संस्थाले दृष्टिबिहीन कलाकारलाई मात्र स्पोन्सर गरेको छ । तर, पालिका अध्यक्षसहित अरु टोली सरकारी रकमको दुरुपयोग गर्दै जापान पुगेका हुन् । टोलीमा अध्यक्षसँगै पालिक सदस्य बच्चु घतानी पनि जापान उडेका छन् ।

    भोटेकोशी गाउँपालिकामा जन्मिएका बीरवहादुर बिक दृष्टिबिहीन भएपनि कुशल टुङ्नाबादक भएका कारण जापानमा दशैंतिहार शुभकामना आदान प्रदान कार्यक्रममा अतिथिका रुपमा आमन्त्रण गरिएको हो । विकको सम्पूर्ण खर्च आयोजनाले व्यहोर्ने फोरमले जनाएको छ । तर, विकका साथ उडेका अरुको खर्चको व्यवस्थापन नगरिएको आयोजकको भनाइ छ । पालिका स्रोतका अनुसार अध्यक्षलगायतको खर्च आन्तरिक स्रोतबाट व्यहोरिएको छ । बाढी–पहिरोले आजित पारेको पालिकामा अध्यक्ष नै बिदेश उडेपछि चर्को आलोचना भएको छ ।

    त्यसो त गएको असार साउनमा पनि बाढी–पाहिरोले जनतालाई दुःख दिएको बेला अध्यक्ष शेर्पा, वडाअध्यक्ष लगायतका पदाधिकारी पालिकाको खर्चमा नक्कली निमन्त्रणा बनाएर युरोप भ्रमण गरेर फर्केका थिए । नेपाली काँग्रेसका नेता मोहनवहादुर बस्नेतका निकट भोटेकोशी गाउँपालिका अध्यक्ष शेर्पा आर्थिक मामलामा निक्कै बिवादास्पद जनप्रतिनिधि हुन् ।

    केही समयअघि कवाडी ठेकेदारसँग १६ लाखको चेक लिएको बिषयमा उनीमाथि स्थानीय काँग्रेस कार्यकर्ताले नै प्रश्न उठाएका थिए । त्यसो त नेपाली काँग्रेसकै नेता तथा कार्यकर्तासँग लिएको सापटीको पैसा चेकमार्फत् गरेका शेर्पाको चेक नसाटिएपछि चेक वाउन्सको प्रक्रिया सुरु भएको नेपाली काँग्रेस भोटेकोशी गाउँपालिकाका एक सदस्यले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार