काठमाडौं । हनीट्रयापिङमा पारी एक ब्यापारीसँग ३० लाख रुपैयाँ असुलीमा विवादमा परेकी प्रहरी प्रभाग ललितपुर भैंसेपाटीकी तत्कालीन प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । प्रहरीले शाहीलाई प्रहरी पक्राउ गर्न अनुमति लिएपछि उनी फरार भएकी छन् ।
‘हनी ट्रयापिङ’ मा पारेर ब्यापारीलाई ३० लाख रुपैयाँ असुली गरेको घटनामा इन्स्पेक्टर शाहीको प्रत्यक्ष संलग्नता देखिएपछि प्रहरीले ललितपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको हो ।
बलात्कार मुद्दामा फसाइदिने भन्दै ब्यापारीसँग लेनदेन गरेको आरोप लागेपछि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उनलाई १० असोजमा जिम्मेवारीबाट हटाएको थियो । उक्त घटनाबारे जिल्ला प्रहरी परिसर, ललितपुरले छानबिन समिति बनाएको थियो । समितिको प्रतिवेदनपछि उनलाई उन्मुक्ति दिन खोजिएकोमा बिरोध भएपछि निलम्बन गरिएको थियो ।
अहिलेसम्म ‘हनी ट्रयापिङ’ घटनामा चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा सुष्मा विक, ताज मुल इस्लाम, भीमादेवी थापा र प्रहरी सहायक हवल्दार महेन्द्र हमाल छन् । प्रहरीले उनीहरूमाथि आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
हनीट्रयापिङ प्रकरणमा जिल्ला प्रहरी कार्यालय सुनसरीका तत्कालीन एसपी कमल थापाको संलग्नताका बारेमा पनि डीएसपी नरहरि अधिकारी नेतृत्वको समितिले प्रतिवेदनमा उल्लेख गरेको भए पनि उनलाई उन्मुक्ति दिइएको छ । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend