काठमाडौँ । जारी आइसीसी महिला टी- २० विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । समुह चरणका खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो ।
समुह ए बाट अस्ट्रेलिया र न्यूजील्याण्ड सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट वेस्ट इन्डिज र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका हुन् ।
समुह ए बाट भारत, पाकिस्तान र श्रीलंका तथा समुह बी बाट इङल्याण्ड, बंगलादेश र स्कटल्याण्ड समुह चरणबाटै बाहिरिएका छन् ।
अब सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका तथा न्यूजील्याण्ड र वेस्ट इन्डिज खेल्ने भएका छन् । पहिलो सेमिफाइनल खेल अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच विहिबार हुने छ भने दोस्रो सेमिफाइनल खेल शुक्रबार न्यूजील्याण्ड र वेस्ट इन्डिजबीच हुने छ ।
त्यस्तै फाइनल खेल आइतबार हुने तालिका रहेको छ ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend