काठमाडौं । पशुपति धर्मशालामा काठमाडौँ महानगरपालिकाले आफ्नो बोर्ड राखेको छ । मारवाडी सेवा समितिले राखेको बोर्ड हटाएर बुधबार महानगर प्रहरीको टोलीले आफ्नो बोर्ड राखेको हो ।
धर्मशाला महानगरले सञ्चालन गर्ने सम्झौतापछि बुधबार महानगर प्रहरी र वडा नम्बर ८ का अध्यक्ष आशमान संगतलगायतको टोली त्यहाँ पुगेको थियो ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवास जोशीले महानगरपालिकालाई सम्बोधन गरी धर्मशाला सञ्चालनबारे पत्राचार गरेका थिए ।
सोही पत्राचारपछि महानगरपालिकाले मंगलबार नै माइकिङ गरेर खाली गर्नका लागि माइकिङ गरेको थियो । उनीहरू पुगेपछि मारवाडी सेवा समितका सदस्यहरूले अहिले नै महानगरपालिकाले आफ्नो बोर्ड राख्न नहुने बताएका थिए ।
महानगरले बोर्ड राखेपछि मारवाडी सेवा समितिका सदस्यले विरोध गरेपछि महानगर प्रहरीसँग झडप भएको थियो ।
महानगर प्रहरीले खाली गराउन खोज्दा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकको निर्देशनमा नेपाल प्रहरीले रोकेको थियो ।
मारवाडी सेवा समितिको पक्ष लिएर प्रहरीले घर खाली गराउनबाट रोकेपछि मेयर बालेन साहले सामाजिक संजालमा देश मारवाडी सेवा समितिले संचालन गरेको टिप्पणी गरेका छन् ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend