काठमाडौँ । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आगामी अक्टोबर २७ मा हुने मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा बुधबार संसद विघटन गरेका छन् ।
संसद बैठकमा संसदका सभामुखले सम्राटको छाप भएको प्रधानमन्त्रीको पत्र पढेर सुनाएका थिए, जसमा सांसदहरूले ‘बन्जाई’ को नारा लगाएपछि औपचारिक रूपमा संसद् विघटन गरेको हो ।
गत हप्ता मात्र प्रधानमन्त्रीमा नियुक्त भएका इशिबाले संसद विघटन गर्दै भने, ‘हामी यो निर्वाचनलाई निष्पक्ष र इमानदारीपूर्वक सामना गर्न चाहन्छौं, ताकि यो सरकारले (जनताको) विश्वास प्राप्त गर्न सकोस् ।’
इशिबाका पूर्ववर्ती फुमियो किशिदाको तीन वर्षे सरकारले स्लश कोष प्रकरण र बढ्दो मूल्यवृद्धिमा मतदाताको असन्तोषका कारण अत्यधिक न्यून दरमा अनुमोदित हुनुपरेको थियो । इशिबाका समर्थकहरूले आत्म–स्वीकृत प्रतिरक्षा ‘गीक’ र एलडीपीको संस्थापन पक्षका मुखर आलोचक इशिबाले पार्टीको लोकप्रियतालाई बढावा दिने र युवाहरूलाई मतदानमा आकर्षण गर्ने विश्वास लिएका छन् ।
अहिले संसद् विघटन गरेर ६७ वर्षीय इशिबाले आफ्नो ‘१०० दिन’ को शासन अवधि सकिनुअघि नै आफ्नो पार्टीलाई परीक्षण गर्न चाहेकाले संसद विघटन गरेको बताएका छन् । केही मतदाताले यसलाई राजनीतिक लाभका लागि संसद् विघटन गर्न ‘आफ्नो पार्टीभित्रको दबाबका सामु झुक्नु’ निराशाजनक सङ्केतका रूपमा हेरेको टिप्पणी गरिएको छ ।
यसैबीच, जापानको प्रमुख विपक्षी दल ‘कन्स्टिच्युसनल डेमोक्र्याटिक पार्टीले समलिङ्गी विवाहलाई वैधानिकता दिने प्रतिबद्धतासहित विविध विषयमा एलडिपीभन्दा आफूलाई अलग देखाउने प्रयास गरेको छ ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend