Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • दुई अमेरिकी वैज्ञानिकलाई चिकित्साको नोबेल पुरस्कार प्रदान


    मंगलबार, असोज २२ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । दुई अमेरिकी वैज्ञानिकलाई चिकित्साको नोबेल पुरस्कार २०२४ को विजेता घोषणा गरिएको छ ।

    सोमबार चिकित्सा र फिजियोलोजीको क्षेत्रमा नोबेल पुरस्कार घोषणा गरिएको हो । सन् २०२४ को चिकित्साशास्त्रको नोबेल पुरस्कार भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनलाई प्रदान गरिएको छ । माइक्रो आरएनए (रिबोन्यूक्लिक एसिड) को आविष्कारका लागि दुवैलाई यो पुरस्कार दिइएको हो ।

    माइक्रोआरएनएले शरीरमा कोशिकाहरू कसरी बन्छन् र काम गर्छन् भनेर बताउँछन् । दुवैले सन् १९९३ मा माइक्रो आरएनए पत्ता लगाएका थिए । मानव जीन डीएनए र आरएनए मिलेर बनेको हु न्छ। माइक्रो आरएनए आधारभूत आरएनएको भाग हो ।

    यो पछिल्लो ५०० मिलियन वर्षहरूमा बहुसेलुलर जीवहरूको जीनोमहरूमा विकसित भएको छ । हालसम्म मानिसमा विभिन्न प्रकारका माइक्रो आरएनएका एक हजारभन्दा बढी जीन पत्ता लागेको छ ।

    अक्टोबर ७ देखि अक्टोबर १४ सम्म नोबेल पुरस्कार विज्ञान, अर्थशास्त्र, साहित्य र शान्ति जस्ता क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तिलाई दिइनेछ ।

    आज भौतिकशास्त्रमा नोबेल पुरस्कारको घोषणा हुदै छ ।

    नोबेल पुरस्कारमा ११ लाख स्वीडिश क्रोनर नगद पुरस्कार दिइन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार