काठमाडौं । धादिङको झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत भएको छ । असोज १२ गते धादिङको झ्याप्लेखोलामा यात्रुसहित तीन वटा गाडी पुरिएका थिए । प्रहरीका अनुसार मृतक सबैको सनाखत भएको छ ।
मृतकहरुमा रुपन्देहीको बुटवल उपमहानगरपालिका- १६ का प्रकाश कुँवर, अनुप ठकुरी कुँवर र सृजना कुँवर, रुपन्देहीको देवदह नगरपालिका ४ का रमेश प्रसाद लुइँटेल, अर्घाखाँचीको शितगंगा नगरपालिका ७ का प्र. ज. बोमबहादुर खाम्चा, चितवनको रत्ननगर नगरपालिका १२ का सुमन बजगाईं, स्याङ्जाको गल्याङ नगरपालिका ३ का सिता भट्टराई, दिपिका भट्टराई र दिपेश भट्टराई, गुल्मीको गुल्मीदरबार गाउँपालिका ७ का जुद्धबहादुर रायमाझी, प्रमिता भुसाल र कृशव रायमाझी रहेका छन् ।
त्यस्तै नुवाकोट, सामरीका साइमन तामाङ, पर्वतको कुस्मा नगरपालिका २ की पुष्पा शर्मा, गोरखाको बारपाक सुलिकोट ७ का नवराज पन्त, रुकुमपश्चिमको मुसिकोट १५ का तेजबहादुर विष्ट, गोरखाको गण्डकी गाउँपालिका ४ का नवराज तिवारी, बझाङ, जयपृथ्वी नगरपालिका १ को नविन सिंह, चितवनको भरतपुर नगरपालिका २१ की अनिता थापामगर, मकवानपुरको मनहरी ९ का सन्तु वि.क रहेका छन् ।
त्यसैगरी काठमाडौं महानगरपालिका १६ काठमाडौं- १६ का आनन्द रायमाझी, चितवनको खैरहनी नगरपालिका ३ का सिद्धार्थ गुरुङ, तनहुँको भानु नगरपालिका ३ का जनक कुँवर, चितवनको भरतपुर महानगरपालिका ९ का मोहन दास आचार्य, काठमाडौंको चन्द्रागिरि नगरपालिका १ का नरेन्द्र खत्री, गोरखाको भिमसेन गाउँपालिका ४ का मदन परियार दमै र विनायक भट्टराई, गोरखाको धार्चे गाउँपालिका ७ का सुके दमै, बडिगाड गाउँपालिका २ का इन्द्रजित राना र भिम कुमार राना रहेका छन् ।
त्यसैगरी जुम्लाको सिंजा गाउँपालिका ६ का हरिबहादुर बुढा, धादिङको ज्वालामुखी गाउँपालिका २ की लिलामाया तामाङ, सर्लाहीको चक्रघट्ट गाउँपालिका ६ का बसन्त शाह, सप्तरीको सप्तकोशी नगरपालिका ७ को नन्दप्रसाद किशोर चौधरी र तनहुँको ब्यास नगरपालिका ५ का लेखनाथ ओझा रहेका छन्
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend